लुकाकु इन्टरमा, लुइज आर्सनलमा

इंग्लिस प्रिमियर लिगको ‘ट्रान्सफ विन्डो’ आज राति १२ बजे सकिँदै छ । यसअवधिमा प्रिमियर लिगमा केही ठूला ट्रान्सफर हुने सम्भावना छ । यसबीचमा नेमार, पाउलो डिबाला र फिलिपे काउटिन्होसम्म इंग्लायन्ड आउने सक्ने छन् । इंग्लिस क्लबले अन्य लिगको ट्रान्सफ विन्डो खुला रहुन्जेल खेलाडी बेच्न भने पाउने छन् ।

ट्रान्सर विन्डो सकिने अन्तिम दिन दुई ठूला निर्णय भए । म्यान्चेस्टर युनाइटेडका बेल्जियन स्ट्राइकर रोमेलु लुकाकु इटालियन क्लब इन्टर मिलान गए भने चेल्सीका ब्राजिलियन डिफेन्डर डेविड लुइज आर्सनलमा आबद्ध भएका छन् ।

बिबिसीका अनुसार २६ वर्षीय बेन्जियन स्ट्राइकर भित्र्याउन इन्डरले ८० मिलियन युरो गर्छ गरेको छ । उसले लुकाकुलाई वार्षिक ७.५ मिलियन युरो दिनेगरी ५ वर्षको सम्झौता गरेको बताइएको छ । तर, लुकाकुको इन्टर ट्रान्सफरको औपचारिक घोषणा भने हुन बाँकी छ ।

लुकाकु सन् २०१७ मा ८४.७ मिनिलयन युरोमा एभर्टनमा म्याचेस्टर युनाइटेड आएका थिए । युनाइटेडमा उनले वर्षिक १० मिलियन युरो पाइरहेका थिए । तर, ओलेगनर सोल्सायर प्रशिक्षकका रुपमा आएमा लुकाकु टिमा स्थान बनाउन संघर्षरत थिए ।

यसैगरी चेल्सीका ब्राजिलियन डिफेन्डर डेविड लुइज आर्सनलमा आबद्ध भएका छन् । आर्सनलले लुइजलाई भित्र्याउन ८ मिलिनयो युरो खर्च ग¥यो । लुइज प्रशिक्षक उनाइ एम्रीका प्रिय खेलाडी हुन् । यी दुईले फ्रेन्च क्लब पिएसजीमा काम गरेका थिए । उनको मेडिकल आजै हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP