चेल्सीमा लुकाकुले ९ नम्बर जर्सी लगाउने

गत साता मात्र कीर्तिमान मूल्यमा चेल्सी आएका बेल्जियन स्ट्राइकर रोमेलु लुकाकुले ९ नम्बरको जर्सी लगाउने भएका छन्। ९ नम्बर जर्सी लगाउने टमी अब्राहम रोमा गएपछि क्लब चेल्सीले लुकाकुलाई ९ नम्बरक नम्बरको जर्सी दिएको हो।

चेल्सीले लुकाकुलाई क्लबको कीर्तिमानी मूलय ९७.५ मिलियन युरोमा इन्टर मिलानबाट अनुबन्धन गरेको हो।

सन् २०१४मा २८ मिलियन युरोमा बेचेका खेलाडी लुकाकुलाई स्टामफोर्ड ब्रिज फर्काउन चेल्सीले ९७।५ मिलियन युरो खर्चियो। इटालियन क्लब इन्टर मिलानबाट चेल्सी आएका लुकाकुले चेल्सीसँग ५ वर्षको सम्झौता गरेका छन्।

योसँगै लुकाकु इपिएलको दोस्रो महँगा खेलाडी बनेका छन् । इपिएलका सबैभन्दा महँगा खेलाडी म्यान्चेस्टर सिटीका ज्याक ग्रेलिस हुन्। उनी अघिल्लो साता मात्र एस्टन भिल्लाबाट १ सय मिलियन युरोमा सिटीका आएका थिए।

सन् २०२६ सम्म स्टामफोर्ड ब्रिजमा रहने लुकाकुले वार्षिक १० मिलियन युरो तलब पाउने छन्। थोमस टुचेलको टिम चेल्सीले अघिल्लो सिजन च्याम्पियनस लिग उपाधि जितेको थियो छ। तर, चेल्सीमा स्ट्राइकरको अभाव भने खड्किएको थियो। त्यसैले टुचेलले लुकाकुलाई चेल्सी फर्काएका हुन्।

Facebook Comments Box