रोनाल्डिन्होले फिर्ता लिए सन्नयास, क्लब फुटबलमा फर्कंदै

बार्सिलोनाका लिजेन्ट फुटबलर रोनाल्डिन्होले पुनः फुटबल करिअर सुरु गर्ने भएका छन् । ३९ वर्षीय ब्राजिलियन फुटबलर रोनाल्डिन्होले डेढ वर्षपछि सन्न्यास फिर्ता लिँदै क्लब फुटबलमा फर्किने निर्णय गरेका छन् । उनले सन् २०१८ को जनवरी १६ मा फुटबलबाट सन्न्यासको घोषणा गरेका थिए ।

पछिल्लो समय आर्थिक संकटबाट गुज्रिरहेका रोनाल्डिन्होले सन्नयास फिर्ता लिँदै कोम्बियन क्लब सान्टा फेबाट खेलने निर्णय गरेका छन् । १७ अक्टोबरमा सान्टा फेले बोगोटा एफसीसँग मैत्रीपूर्ण खेल खेल्दै छ । सोही खेलबाट रोनाल्डिन्होले फुटबल करिअरको दोस्रो इनिङको सुरुवात गर्ने छन् ।

सो खेलको टिकट कोलम्बियन क्लब फुटबलको सबैभन्दा महँगो तोकिएको छ । रोनाल्डिन्हो खेल्ने सो खेलको टिकट ३० युरो तोकिएको छ ।

तर, रोनाल्डिन्होले त्यसको अदालतबाट स्वीकृति लिनु पर्ने छ । बैंकको लोन तिर्न नसकेपछि मुद्दा खेपिरहेका रोनाल्डिन्होलाई देश छोड्दा स्वीकृति लिनुपर्ने आदेश अदालतले दिएको थियो । त्यसैले अदालतको स्वीकृतिपछि मात्र रोनाल्डिन्हो कोलम्बिया जान सक्छन् ।

सान्टा फे कोलम्बियाको सबैभन्दा सफल क्लब हो । उसले १७ पटक कोलम्बियन लिग उपाधि जितेको छ । सान्टा फे अहिलेसम्म रेलिगेसनमा परेको छैन ।

रोनाल्डिन्होले बार्सिलोना, एसी मिलान र पिएसजीबाट क्लब फुटबल खेलेका छन् । उनले सन् २००३ देखि २००८ सम्म करिअरको सबैभन्दा उत्कृष्ट समय बार्सिलोनामा बिताएका थिए । बार्सिलोनामा उनले ५ सिजन बिताउँदा २०७ खेलमा ९४ गोल गरेका छन् ।

सन् २००४÷५ र २००५÷६ लागतार दुई ला लिगा र १ च्याम्पियन्स लिग उपाधि दिलाएका रोनाल्डिन्होले सन् २००४ र २००५ मा लगातार २ बालोन डे’ओर जितेका छन् ।

ब्राजिलका रोनाल्डिन्हो लागि ९७ खेल खेल्दै ३३ गोल गरेका छन् । ब्राजिललाई सन् २००२ को विश्वकप उपाधि दिलाउन रोनाल्डिन्होको भूमिका उत्कृष्ट थियो । सन् २०१३ यता उनी राष्ट्रिय टिममा परेका थिएनन् ।

रोनाल्डिन्होले अन्तिम पटक सन् २०१५ मा ब्राजिलियन क्लब फ्लुमिनेसका खेलेका थिए । उनले क्लब फुटबलमा ७१९ खेल खेल्दै २८० गोल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP