
अल नासरको राेनाल्डाेकाे प्रभाव, इन्स्टामा उछिन्याे युराेपका टम क्लबलाई
साउदी क्लब अल नासरले पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डोलाई कीर्तिमानी रकमा अनुबन्धन गरेको छ। अल नासरले ३७ वर्षीय रोनाल्डोलाई फ्रि ट्रान्सफरमा अनुबन्धन गरेको हो।
अल नासरसँग प्रतिवर्ष १७५ मिलियन पाउण्ड पाउनेगरी उनले २ वर्षको सम्झौता गरेका छन्। योसँगै उनी सर्वाधिक कमाउने खेलाडी बनेका छन्।
४ दिनअघि औपचारिक सम्झौता गरेका रोनाल्डोलाई अल नासारले मंगलबार राति भव्य समारोहबीच क्लबमा स्वागत गरेको छ।
रोनाल्डोको आगमनसँगै क्लबको चर्चा चौतफी हुन थालेको छ। समाजिक सञ्जालमा पनि अल नासरलाई खोज्नेहरुको संख्या उल्लेख्य छ। रोनाल्डोले अल नासरसँग औपचारिक सम्झौता गरेपछि इन्स्टाग्राममा ८ मिलियनले फलो गरेका छन्।

रोनाल्डो आउनुअघि अल नासरको इन्स्टामा ८६४K फलोअर्स थिए । रोनाल्डोसँगका सम्झौता गरेको ४ दिनमै इन्स्टामा उसको फलोअर्स ९ मिलियन पुगेको छ।
याे युराेपका टप क्लबकाे भन्दा बढी अलाेअर्स हाे। इन्स्टामा उसले नापाेली, इन्टर मिलान, राेमा, लेस्टर सिटी, आयाक्सलगायतलाई जितेकाे छ।