प्रतिबन्धमा रोनाल्डो, साउदी प्रो लिगमा आज डेब्यू गर्न नपाउने

Read Time:2 Minute

पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डोको नयाँ टिम अल नासरले साउदी प्रो लिगमा आज राति अल ताइविरुद्ध गर्दै छ। खेल अल नासरको घरेलु मैदानमा मर्सुल पार्कमा राति ८ः४५ बजे हुने छ।

यही खेलमार्फत ३७ वर्षीय सुपर स्टार रोनाल्डोले अल नासरका लागि साउदी प्रो लिगमा डेब्यू गर्ने सबैको अपेक्षा थिए । तर, उनको डेब्यूका लागि केही समय पर्खनुपर्ने भएको छ।

रोनाल्डो प्रतिबन्धमा रहेका आज राति खेलमा मर्सुल र्पाकमा देखिने छैनन्। इंग्लिस प्रिमियर लिगअन्तर्गत गत अप्रिलमा भएको एभर्टनविरुद्धको खेलमा मैदान बाहिर निस्कने क्रममा दर्शकविरुद्ध गरेको व्यवहारका कारण इंग्लिस फुटबल एसोसिएशनलाई रोनाल्डोमाथि २ खेलको प्रतिबद्ध लगाएको थियो।

नोभेम्बरमा, रोनाल्डोलाई इङ्लिस एफएले अनुचित र हिंसात्मक आचरणमा दोषी ठहर गरेको थियो। त्यसपछि रोनाल्डोले क्लब फुटबलका कुनै पनि खेल खेलेका छैनन्, त्यसैले उनले अल नासरका सुरुआती दुइृ खेल गुमाउने छन्।

कीर्तिमानी वार्षिक १७५ मिलियन पाउण्ड तलब पाउने गरी अल नासरमा भएका रोनाल्डोले अल–ताई र अल–शबाबविरुद्ध खेल गुमाउने छन्।

अल नासरमा रोनाल्डोलको डेब्यू जनवरी २१मा मर्सुल पार्कमा हुने छ। अल नासरले जनवरी २१मा इत्तिफाकविरुद्ध खेल्नेछ। जारी लिगमा ११ खेलमा २६ अंक जोडेको अल नासर शीर्ष स्थानमा छ।

Happy
Happy
0 %
Sad
Sad
44 %
Excited
Excited
11 %
Sleepy
Sleepy
0 %
Angry
Angry
22 %
Surprise
Surprise
22 %
Previous post विनोद र शाहिदीको कीर्तिमानी साझेदारीमा फार वेस्टको जित, प्लेअफ सम्भावना कयमै
Next post फिक्सिङ प्रकरणमा विराटनगरका कप्तान म्याकार्थी सिआईबीको निगरानीमा
Close