क्लब फुटबलफुटबल

रोनाल्डो चम्किँदा अल नासर सेमिफाइनलमा, बेन्जिमा नचल्दा अल इत्तिहाद पराजित

पोर्चुुर्गिच सुपर स्टार क्रिस्टिायानो रोनाल्डोको उत्कृष्ट प्रदर्शन मद्दतमा अल नासर अरब क्लब च्याम्पियन्स कपको सेमिफाइनलमा प्रवेश गरेको छ। रोनाल्डो चम्किँदा अइतबार राति राति अल नासरले मोरक्को क्लब राजा सिएमाथि ३–१को सहज जित निकाल्यो।

अल नासरका लागि रोनाल्डोसँगै सुल्तान अल घानामा र सेको फोफानाले गोल गरे। राजाले भने आत्मघाती गोल उपहार पाएको थियो। चारै गोल पहिलो हाफमा सम्भव भएको थियो।

१९औं मिनेटमा रोनाल्डोको गोलमा अल नासरले अग्रता लियो। योसँगै रोनाल्डोले जारी प्रतियोगितामा लागतार तीन खेलमा गोल गरेका छन्। २९औं मिनेटमा घानामले टिमको अग्रता दोब्बर बनाए। त्यसपछि फोफानाले ३८औं मिनेटमा गोल गरेपछि अल नासरले ३–०को अग्रता लियो।

४१औं मिनेटमा अल नासरका डिफेन्डर अब्दुल्लाह बाडुले आफ्नै पोस्टमा गोल गरेपछि खेलको पहिलो ३–१मा सकियो। दोस्रो हाफमा कुनै गोल नहुँदा अल नासर सेमिफाइनल पुग्यो।

अब उसले सेमिफाइनलमा इराकको क्लब अल सोर्तासँग खेल्ने छ। अल सोर्ता कतारी क्लब अल सादलाई ४–२ले हराउँदै सेमिफाइनल पुगेको हो।

यता, अर्का सुपरस्टार करिम बेन्जिमाको टिम अल इत्तिहाद भने क्वार्टरफाइनलमै रोकिएको छ। फ्रेन्च स्टार बेन्जिमले कुनै पनि प्रभाव जमाउन नसकेको खेलमा इत्तिहाद अर्को साउदी क्लब अल हिलालसँग ३–१ले पराजित भयो।

अल हिलालको जितमा सर्जे मिलानकोभिच साविच, सालिम अलद्वासरी र माल्कोमले गोल गरे। इत्तिहादका रोमारिन्होले सान्तोना गोल फर्काए।

अल हिलालले सेमिफाइनलमा अर्को साउदी क्लब अल सबाबको सामाना गर्नेछ। सबाब युएईको क्लब अल वाहदार्ला पेनाल्टीमा ५–४ले हराउँदै सेमिफाइनलमा पुगेको हो।