क्लब फुटबलफुटबल

रोनाल्डो भन्छन्– कसैले मलाई माया गर्नुहुन्छ भने मेसीलाई घृष्णा गर्नु आवश्यक छैन

झण्डै दुई शतक विश्व फुटबलमा राज गरेका खेलाडी हुन्, पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी स्टार लियोनल मेसी।

३८ वर्षीय रोनाल्डो र ३६ वर्षीय मेसी एक अर्काका प्रतिस्पर्धीका रुपमा रहेका उनीहरु अहिले करिअरको उत्तरार्धमा छन्। मेसी अहिले अमेरिका व्यवसायिक फुटबल खेल्छन् भने रोनाल्डो साउदी अरेबियामा।

बुधबार राति मात्र प्रतिष्ठिन बालोन डे ओर अवार्डको मनोनयनमा पर्ने ३० खेलाडीको सूची सार्वजनिक गरियो। जसमा मेसी छन् भने रोनाल्डो परेका छैनन्।

विश्वभर रोनाल्डो र मेसीको लाखौं फ्यान छन्। उनीहरु एक अर्काप्रति निकै आक्रामक पनि हुन्छन्।

रोनाल्डोले आफूलाई मन पराउनले मेसीलाई घृष्णा गर्न आवश्यक नभएको बताएका छन् । ‘तपाईं क्रिस्टियानोलाई मन पराउनु हुन्छ भने मेसीलाई घृणा नगर्नुस्,’ एक कुराकानीका क्रममा रोनाल्डोले भनेका छन्, ‘हामी दुवैले फुटबलको इतिहास परिवर्तन गरेका छौं।’

यस्तै, उनले मेसी र आफूबीचको प्रतिस्पर्धा पनि सकिएको बताएका छन्। उनले आफूहरुले एक अर्कालाई रेसपेक्ट गर्ने पनि बताएका छन्।

‘हामीले १५ वर्ष एउटै स्टेज सेयर गरेका छौं । म भन्दिनँ कि हामी दुई साथी हौं । तर, हामी एक अर्कालाई सम्मान गर्छौं,’ रोनाल्डोले भनेका छन्।