खेलको बीचमै स्टेडियम छाडेपछि रोनाल्डोसँग चिढिए प्रशिक्षक टेन ह्याग

Read Time:2 मिनेट

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन ह्याग आफ्ना सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोसँग सन्तुष्ट छैनन्। प्रिसिजनका क्रममा भएको खेलका क्रममा खेल चलिरहेकै बेला रंगशाला पछि टेन ह्याग रोनाल्डोसँग चिढिएका हुन्।

गत आइतबार घरेलु मैदानमा म्यानचेस्टरले स्पेनिस क्लब रायो भालेकानोसँग मैत्रीपूर्ण खेल खेलेको थियो। १–१ गोलको बराबरीमा सकिएको सो खेलकै क्रममा रोनाल्डो रंगशाला छाडेर बाहिर निस्किएका थिए।

रोनाल्डोको यो व्यवहारलाई प्रशिक्षक टेन ह्यागले ‘अस्वीकार्य’ भएको बताएका छन्। रोनाल्डोले खेलको अन्तिम सीटी बजाउनुअघि रंगशालाबाहिर फोटो खिचेका थिए। दोस्रो हाफमा उनको स्थानमा अमाद डियालो मैदान छिरेका थिए।

‘म पक्कै पनि यो राम्रो मान्दिन। यो अस्वीकार्य छ। हामी एक टोली हौं र अन्तिमसम्म रहनुपर्छ,’ प्रशिक्षकले भनेका छन्।

रोनाल्डोले टेन ह्यामको प्रशिक्षणमा पहिलो खेल खेलेका थिए। त्यसअघि रोनाल्डोले अघिल्ला पाँच मैत्रीपूर्ण खेल गुमाएका थिए। गत साता मात्र उनी म्यानचेस्टरको प्रशिक्षण टिममा सहभागी भएका थिए।

३७ वर्षीया रोनाल्डोले यो सिजन युनाइटेड छाड्न चाहेका छन्। उनी च्याम्पियन्स लिग खेल्ने टिमको खोजीमा छन्। तर उनले राम्रो विकल्प भने फेला पारेका छैनन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post यू–१७ टिमका लागि ६० खेलाडी छानिए (सूचीसहित)
Next post लेस्टर सिटीका कप्तानले दशकपछि छाडे क्लब
Close