इटाली फर्किए रोनाल्डो

Read Time:1 Minute

मंगलबार मात्र कोरोना संक्रमण पुष्टि भएका पोर्चुगल तथा युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो बुधबार इटाली फर्किएका छन् । आफ्नो प्राइभेट जेटमार्फत कासेल्ली एयरपोर्टबाट रोनाल्डो टुरिन आएका हुन् ।

युइएफए नेसन्स लिगअन्तर्गत स्वीडेनविरुद्धको खेल अघि गरिएको परीक्षणमा रोनाल्डोलाई सोमबार कोरोना संक्रमण पुष्टी भएको थियो । कोरोना संक्रमण देखिए लगत्तै उनी पोर्चुगिज टिमबाट बाहिरिँदै सेल्फ आइसोलेसनमा बसेका थिए । उनमा कोरोनाको कुनै लक्षण देखिएको छैन ।

कोरोना पुष्टि भएपछि उनले घरेलु मैदानमा भएको स्वीडेनविरुद्धको खेल गुमाएका थिए । रोनाल्डोविनाको पोर्चुगलले स्वीडेनलाई ३–०ले हराएको थियो । सेल्फ आइसोलेसनमा रहेका रोनाल्डोले युभेन्ट्सका आगामी दुई खेल पनि गुमाउने छन् । युभेन्ट्सका आगमी साता सिरि एमा क्रोटोन र च्याम्पिन्यस लिगमा डाइनामो किभविरुद्ध खेल्दै छ ।

२८ अक्टोबरमा हुने स्पेनिस क्लब बार्सिलोनाविरुद्धको च्याम्पियन्स लिगको खेल सक्ने छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post महिला यू–१९ विश्वपक स्थगित हुन सक्ने
Next post आईपिएलमा पञ्जाबको दोस्रो जित, बैंग्लोर ८ विकेटले पराजित
Close