रोनाल्डोले तोडे १५ वर्ष पुरानो रेकर्ड

पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले युभेन्टसको १५ वर्ष पुरानो कीर्तिमान तोडेका छन्। इटालियन सिरी इ अन्तरगत आइतबार भएको खेलमा फियोरेन्टिनालाई ३–० ले पराजित गर्ने क्रममा दुई गोल गरेका रोनाल्डोले १५ वर्षपछि युभेन्टसका लागि लगातार ९ खेलमा गोल गर्ने खेलाडी बनेका हुन्।

सन् २००५ मा डेविड ट्रजेगुएटले सिरी ए मा लगातार ९ खेलमा गोल गरेका थिए। पछिल्ला ६ खेलमा रोनाल्डोले १० गोल गरिसकेका छन्।

यसैगरी सन् २०१८ मा युभेन्टस आए यता रोनाल्डोले ७० खेलमा ५० गोल गरिसकेका छन्। आइतबारको खेलमा फियोरेन्टिनाविरुद्ध रोनाल्डोले खेलको ४० तथा ८० औं मिनेटमा गोल गरेका थिए। उनले दुबै गोल पेनाल्टी मार्फत गरेका हुन्।

यसैगरी टोलीका लागि तेश्रो गोल अतिरिक्त समयको पहिलो मिनेटमा म्याथुज डि लिग्टले गरेका थिए। जितसँगै शीर्ष स्थानमा रहेको युभेन्टसले २२ खेलबाट ५४ अंक जोडेको छ।

जितसँगै शीर्ष स्थानमा रहेको युभेन्टसले २२ खेलबाट ५४ अंक जोडेको छ। २५ अंक बनाएको फियोरेन्टिना १४औं स्थानमा छ । युभेन्ट्स दोस्रो स्थानमा रहेको इन्टर मिलान भन्दा ६ अंकले अगाडी छ । इन्टरको ४८ अंक छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.