एल क्लासिको हेर्न मैदान पुग्लान् राेनाल्डाे ?

Read Time:1 Minute

यो सिजनको दोस्रो तथा सन् २०२३को पहिलो एल क्लकासिको आज साउदी अरेबियामा हुँदैछन्। खेल आज राति १२ः४५ बजे किङ फाद स्टेडियममा हुनेछ।

स्पेनिस महारथी क्लब रियल मड्रिड र बार्सिलोनामाबीचको यो खेल हेर्न रियल मड्रिड पूर्व स्टार खेलाडी रोनाल्डो मैदान पुग्छन् या पुग्दैनन् सबैको चासो छ।

३७ वर्षीय रोनाल्डो अहिले साउदीमै छन्। उनी कीर्तिमान मूल्यमा साउदी क्लब अल नासरमा आबद्ध भएका छन्। क्लबका लागि रोनाल्डोले डेब्यू भने गरेका छैनन्। अल नासारसँग सम्झौता गर्न साउदी आउनुअघि रोनाल्डोले रियल मड्रिडकै मैदानमा केही दिन प्रशिक्षण गरेका थिए।

रोनल्डोले रियादमै आफ्ना पूर्व सहकर्मीलाई भेटेका छन्। रोनाल्डो गत शुक्रबार रियलका खेलाडीले ट्रेनिङ गरिरेकै स्थानमा पुगेका थिए । उनले प्रशिक्षक कार्लो एन्सोलोटीलगायत टिमका सबै खेलाडीलाई उनले भेटेका थिए।

भेटका क्रममा एन्सोलोटीलाई रोनाल्डोलाई फाइनल हेर्न आउने निम्तो दिएका थिए। रोनाल्डोले पनि समय मिले आउने जवाफ दिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन्।

रोनाल्डो एल क्लासिकोमा १८ गोल गरेका छन्। समग्रमा उनले बार्सिलोनाविरुद्ध २१ गोल गरेका छन्।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post न्यू डायमण्डलाई हराउँदै पुलिस बन्यो महिला भलिबल च्याम्पियन
Next post चेल्सीले भित्र्यात्री युक्रेनी स्टार मुड्रिक, आजै सर्वाजनिक गरिने
Close