युनाइटेड फर्किएको औपचारिक घोषणापछि रोनाल्डोले भने– ओल्ड ट्राफोर्डमा खेल्न निकै व्यग्र र उत्साहीत छु

पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो १२ वर्षपछि इंग्लिस क्लब युनाइटेड फर्किएका छन्। सन् २००६मा युनाइटेड छाड्दै रियल गएका रोनाल्डो अहिले इटालिनय क्लब युभेन्टसबाट युनाइटेड फर्किएका हुन्।

युनाइटेडले ३६ वर्षीय रोनाल्डोलाई पुनः क्लबमा ल्याउन २३ मिलियन युरो (१५+८) खर्चियो । रोनाल्डोले युनायटेडसँग २ वर्षको सम्झौता गरेका छन् भने एक वर्ष सम्झौता थप गर्ने सुविधा उनीसँग रहनेछ।

केही दिनअघि नै रोनाल्डो युनाइटड आउने तय भएपनि युनाइटेडले आजमात्र उनको पुनर्आगमनको औपाचारिक घोषणा गरेको छ। ओल्डट्राफोर्ड पुनर्आगमनको घोषणापछि रोनाल्डोले युनाइटेडका लागि आफ्नो हृदयमा सधैं विशेष स्थान रहेको बताए। उनले ओल्ड ट्राफोर्डमा खेल्न निकै व्यग्र र उत्साहीत रहेको बताएका छन्।

‘म्यानचेस्टर युनाइटेडका लागि मेरो हृदयमा सधैं एउटा विशेष स्थान थियो। शुक्रबार ट्रान्सफर घोषणा भएपछि विभिन्न माध्यमबाट मलाई आएका मेसेजले म अभिभूत भएको छु,’ १२ वर्षपछि युनाइटेड फर्किएको औपचारिक घोषणापछि रोनाल्डोल भने, ‘म फेरि सबै फ्यानका सामू ओल्ड ट्राफोर्डमा खेल्न निकै व्यग्र र उत्साहीत छु। इन्टरनेसनल ब्रेकपछि युनाइटेडका टिममेटसँग भेट्न पनि उत्साहित छु।’

इन्टरनेशल डिउटीका लागि पोर्चुगलमा रहेका रोनाल्डोले युनाइटेडका लािग यो निसिजन निकै सफल हुने विश्वास व्यक्त गरे।

५ पटकका बालोन डे’अर विजेता रोनाल्डोले करिअमा ३० भन्दाबढी ट्रफी जितेका छन् । जसमा ७ लिग, ५ च्याम्पियन्स लिग, ४ फिफा क्लब विश्वकप, युरोकप, युईएफए नेशन्स लिग लगायत छन्।

सन् २००३ देखि स्न २००९सम्म युनाइटेडमा बिताउँदा ३ प्रिमियर लिग, च्याम्पियन्सलिग, एफए कपसहित ९ उपाधि जितेका रोनाल्डोले २९२ खेल खेल्दै ११८ गोल गरेका छन्।

Facebook Comments Box