डेब्यूमै रोनाल्डोको गोल

पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डोले इंग्लिस प्रियिमर लिगमा सेकेन्ड डेब्यूलाई सुखद् बनाएका छन् । म्यान्चेस्टर युनाइटडेका लागि १२ वर्षपछि दोस्रो डेब्यू गरिरहेका रोनाल्डोले डेब्यूमै गोल गरेका छन्।

शनिबार ओल्र्ड ट्राफोर्ड जारी खेलमा न्युकासल युनाइटेडविरुद्ध रोनाल्डोले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए । मासन ग्रीनउडले प्रहार गरेको बल न्युकासलका किपरमा डिफ्लेक्ट भएको बलमा रोनाल्डोले गोल गरेका थिए।

समर ट्रान्सफर विन्डो इटालियन क्लब युभेन्टसबाट युनाइटेड आएका ३६वर्षीय रोनाल्डोको यो युनाइटेडका लागि ११९औं गोल हो । यसअिघ ६ सिजन युनाइटेडमा बिताउँदा उननले २९२ खेल खेल्दै ११८ गोल गरेका थिए ।

Facebook Comments Box