थिएटर अफ ड्रिम्समा ड्रिम डेब्यूपछि रोनाल्डोले के भने?

समर ट्रान्सफरको डेडलाइन डेमा म्यानचेस्टर युनाइटेड आएका रोनाल्डोले शनिबार ओल्ड ट्राफोर्डमा डेब्यु गरे। युनाइटेडका लागि न्यूक्यासलविरुद्धको खेलमा दोस्रो डेब्यु गरेका रोनाल्डोले प्रिमियर लिगको दोस्रो इनिङको सुखद् सुरुवात गरेका छन्।

म्यानचेस्टर युनाइटेडले ४(१ को जित निकाल्दा रोनाल्डोले दुई गोल गर्दै प्रिमियर लिगमा सानदार पुनारागमन गरे। जितसँगै युनाइटेड ४ खेलमा १० अंक जोड्दै अंकतालिकाको शीर्षस्थानमा पनि फर्किन सफल भयो।

जितपछि रोनाल्डोले सामाजिक सञ्जालमार्फत् खुशी साँटेका थिए। उनले फेसबुकमा लेखेका छन्ः

ओल्ड ट्राफोर्डमा मेरो आजको पुनरागमन यो स्टेडियमलाई किन थिएटर अफ ड्रिम्स भनिएको हो भनेर सानो झलकमात्र हो। मेरो लागि यो यस्तो जादुयी ठाउँ हो जहाँ अठोट गरिएका सबै कुरा प्राप्त गर्न सकिन्छ।

‘टिमका सबै साथीहरुका साथ र स्टेण्डबाट पाइने अद्भुत समर्थनसहित हामी आत्मविश्वासी भई यात्रा अघि बढाउँछौं। साथै, अन्त्यमा सबै सँगै खुशी मनाउन पाउने छौं भन्ने आशा पनि कायमै हुन्छ।

फेरि प्रिमियर लिगमा खेल्न पाएर र युनाइटेड फर्किन पाएर म निकै गर्व महसुस गरिरहेको छु। तर, सबैभन्दा बढी चाहिँ टिमलाई जिताउन सकेकोमा खुशी छु।

Facebook Comments Box