प्रिमियर लिगमा रोनाल्डोको सेकेन्ड डेब्यू

पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डोले इंग्लिस प्रियिमर लिगमा सेकेन्ड डेब्यू गरेका छन्। ३ वर्षीय रोनाल्डोले समर ट्रान्सफर विन्डो इटालियन क्लब युभेन्टसबाट युनाइटेड आएका थिए।

इन्टरनेशल ब्रेकपछि शनिबार ओल्र्ड ट्राफोर्डमा भएको न्युकासल युनाइटेडविरुद्धको खेलमार्फत रोनाल्डोले १२ वर्षपछि म्यान्चेस्टर युनाइटेडका लागि डेब्यू गरेका हुन्।

यसअघि रोनाल्डोले सन् २००६ देखि २००९ सम्म युनाइटेडमा बिताएका थिए । सो अवधिमा उनले च्याम्पियन्स लिग, प्रिमियर लिग, बालोन डे’अरलगायत सबै उपाधि जितेका थिए ।

६ सिजन युनाइटेडमा बिताउँदा आफूलाई क्लबको लिजेन्ड खेलाडीका रुपमा स्थापित गरेका रोनाल्डोले २९२ खेल खेल्दै ११८ गोल गरेका थिए ।

युनाइटेडमा रोनाल्डोले पुनः ७ नम्बरको जर्सी लगाउने छन् । रोनाल्डोलाई ७ नम्बरको जर्सी दिन प्रिमियर लिगले आफ्नो नियम नै परिवर्तन गरेको थियो।

Facebook Comments Box