रोनाल्डोले जित सिरि एको गोल्डेन बुट

युभेन्ट्सका पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी एको गोल्डेन बुट जितेका छन् । यो सिजन सिरि एमा सर्वाधिक २९ गोल गर्दै रोनाल्डोले रोनाल्डोले गोल्डेन बुट जितेका हुन्।

गोल्डेन बुट जित्ने क्रममा रोनाल्डोले इन्टर मिलानका रोमेलु लुकाकुलाई पछि पारे । लुकाकुले २४ गोल गरेका थिए ।

योसँगै रोनाल्डो युरोपका शीर्ष तीन लिगबाट गोल्डेन बुट जित्ने पहिलो खेलाडी बनेका छन् । यसअघि उनले म्यान्चेस्टर युनाइटेडबाट प्रिमियर लिगमा र रियल मड्रिडबाट ला लिगामा गोल्डेन बुट जितेका थिए।

यो सिजन उनले सिरि एमा ३३ खेल मात्र खेल्दै २९ गोल र ३ असिस्ट गरे । उनले सबैप्रतियोगितामा गरी कुल ३६ गोल गरेका छन् ।

रोनाल्डोले यसै सिजन युरोपको शीर्ष तीन लिग र लिग कपको उपाधि जित्ने कीर्तिमान पनि बनाएका थिए भने उनले युरोपका तीन फरक क्लब र राष्ट्रका लागि १०० गोल पूरा गर्ने कीर्तिमान पनि आफ्नो नाममा लेखाएका थिए ।

Facebook Comments Box