ह्याट्रिकसँगै रोनाल्डोले सुरु गरे नयाँ वर्ष

पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले सन् २०२० को सुरुवात ह्याट्रिकबाट गरेका छन् । इटालियन सिरी ए अन्तर्गत काग्लिअरीविरुद्ध ४९, ६७ र ८२औं मिनेटमा गोल गर्दै रोनाल्डोले नयाँ वर्षको पहिलो खेलमै ह्याट्रिक गरे ।

यो रोनाल्डोको करिअरको ५५औं ह्याट्रिक हो । सिरी एमा भने रोनाल्डोको यो पहिलो ह्याट्रिक हो । रोनाल्डोले रियल म्याड्रिडमा ४३, युभेन्टसमा २ र म्यान्चेस्टर युनाइटेडमा १ ह्याट्रिक गरेका छन् । यस्तै उनले राष्ट्रिय टिमबाट ९ ह्याट्रिक गरेका छन् ।

काग्लिअरीविरुद्धको ह्याट्रिकसँगै जारी सिजन सिरी एमा गोल संख्या १३ पु¥याएका छन् । उनी सर्वाधिक गोल गर्ने सूचीमा दोस्रो स्थानमा छन् । १९ गोल गरेका लाजियोका किरो इम्मोबिल दोस्रो स्थानमा छन् भने १२ गोल गरेका इन्टर मिलानका रोमेलु लुकाकु तेस्रो स्थानमा छन् ।

शनिबार राति यभेन्टसको मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको सुरुवातमै युभेन्टसले अग्रता लियो । काग्लिअरीका डिफेन्डर राग्नर क्लाभनले दिएको कमजोर ब्याक पासको फाइदा उठउँदै रोनाल्डोले ४९ औं मिनेटमा गोल गरेका थिए ।

६७ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए । पाउलो डिबालालाई काग्लिअरीका डिफेन्डरले डिबक्समा लगाएपछि प्राप्त पेनाल्टीमा रोनाल्डोले गोल गरेका हुन् । ८१औं मिनेटमा रोनाल्डोकै पासमा गोन्जालो हिगुएनले गोल गर्दै युभेन्टसलाई ३–१ को अवस्थामा पु¥याए ।

डग्लस कोस्टाको पासमा ८२औं मिनेटमा गोल गर्दै रोनाल्डोले करिअलको ५५औं ह्याट्रिक पुरा गरे भने युभेन्टसलाई ४–१ को सहज जित दिलाए ।

रोनाल्डोले ह्याट्रिक गरेको खेलमा युभेन्टसले काग्लिअरीलाई ४–०ले हरायो । यो जितसँगै यभुेन्टस १८ खेलमा ४५ अंक जोड्दै युभेन्टस सिरी एको शीर्ष स्थानमा उक्लियो । एक खेल कम खेलेको इन्टर मिलान ४२ अंकका साथ दोस्रो स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.