रोनाल्डो साउदी क्लब अल नासरमा, प्रति वर्ष २ सय मिलियन युरो पाउने

Read Time:1 Minute

पोर्चुगिज सुपरस्टर क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नासरमा आबद्ध भएका छन् । इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडसँगको सम्झौता रद्द गरेको १ महिनापछि रोनाल्डो साउदी क्लब अल नासरमा आबद्ध भएका हुन्।

रोनाल्डोले अल नासरसँग २ वर्षको साम्झौता गरेका छन्। उनले प्रति वर्ष २ सय मिलियन युरो तबल पाउने छन् ।

३७ वर्षीय रोनाल्डो त्यसपछि थप ५ वर्ष साउदी मै रहेन छन्। पछिल्ला ५ वर्ष उनी साउदी फुबटलको एम्बासडरका रुपमा रहनेछन्, र उनको वार्षिक तबल पनि बढ्ने छ। सन् २०३० विश्वकप आयोजना गर्ने उद्देश्यले साउदीले रोनाल्डोलाई एम्बासडर बनाएको हो।

रोनाल्डो अनुबन्ध भएको क्लब साउदीको चर्चित क्लब हो । जसले ९ पटक साउदी लिग जितेको छ । रोनाल्डोलाई भित्र्याएपछि क्लबले नयाँ इतिहासको सुरु भएको बताएको छ।

अल नासरमा कोलम्बियन गोलकिपर डेभिड ओस्पिना, क्यामरुनका स्ट्राइरक भिसेन्ट अबुबाकर, ब्राजिलका लुइस गुस्ताफो, टालिसिया, स्पेनका अल्भारो गोन्जालेजलगायत खेलाडी छन्। ९ खेलमा २२ अंक जोडेको अल नासर साउदी प्रो लिगको शीर्ष स्थानमा छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
33 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
67 %
Previous post बेलिङ्घम भित्र्याउन औपचारिक प्रस्ताव गर्दै रियल
Next post आत्मघाती गोलमा लेस्टरमाथि लिभरपुलको जित
Close