
महँगो मूल्यमा साउदी जाँदै रोनाल्डो
पोर्चुगिज सुपरस्टर क्रिस्टियानो रोनाल्डो अहिले साउदी अरेबियामा छन्। उनी आफ्नो नयाँ गन्तव्यको खोजीमा साउदी पुगेका हुन्।
गत महिना इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडसँगको सम्झौता रद्द गरेपछि ३७ वर्षीय रोनाल्डो क्लब बिहीन छन्। त्यसलगत्तै देखि रोनाल्डोलाई भित्र्याउन अल नासरले चासो देखाएको थियो।
रोनाल्डोले साउदीको क्लब अल नासरसँग सम्झौता गर्नै बताइएको छ। सँगै उसले साउदी सरकारसँग एम्बासडरको पनि सम्झौता गर्ने छ।
रोनाल्डोले साढे दुई वर्ष खेलाडीका रुपमा अल नासरमा बिताउने छन् भने त्यसपछि साउदीको एम्बासडर बन्ने छन्। त्यस वापत रोनाल्डोले वार्षिक १७५ मिलियन पाउण्ड पाउने छन्।
अल नासरमा कोलम्बियन गोलकिपर डेभिड ओस्पिना, क्यामरुनका स्ट्राइरक भिसेन्ट अबुबाकर, ब्राजिलका लुइस गुस्ताफो, टालिसिया, स्पेनका अल्भारो गोन्जालेजलगायत खेलाडी छन्। ९ खेलमा २२ अंक जोडेको अल नासर साउदी प्रो लिगको शीर्ष स्थानमा छ।