गोल्डेन बुटमा रोनाल्डोको दाबेदारी, लुकाकु र सिक पछ्याउँदै

युरोपका विभिन्न ११ शहरमा आयोजना भइरहेको युराकपको १६औं संस्करणको नकआउट चरण्का खेलहरु शनिबारबाट सुरु भएको छन् । समूह चरणमा कुनै पनि आश्चर्यजनक नतिजा आएन, र ठूला टिमनै अन्तिम १६मा पुगे ।

समूह चरणका ३६ खेलमा कुल ९४ गोल भएका छन् । यो युरोकमा केही ठूला स्टार खेलाडीहरु चल्दा केही स्टार खेलाडी पनि गोलका लागि निकै संघर्ष गरिरहेका छन्।

युरोकपमा चलेका सबैभन्दा ठूला स्टार हुन्, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो । र, उनी युरोकपको गोल्डेन बुटक प्रवल दाबेदार हुन् । उनले समूह चरणका ३ खेलमा ५ गोल गर्दै गोल्डेन बुटको रेसमा आफूलाई बलियो बनाएका छन्।

रोनल्डोले यो युरोकपमा हंगेरीविरुद्ध २, जर्मनीविरुद्ध १ र फ्रान्सविरुद्ध २ गोल गरेका छन् । हंगेरीविरुद्धको पहिलो गोलसँगै उनी युरोकपका सर्वाधिक गोलकर्ता बनाए । उनले युरोकपमा कुल १४ गोल गरेका छन् । यस्तै, उनले ५ गोल गरेपछि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने इरानका अली दाइको कीर्तिमान पनि बराबरी गरेका छन्। रोनाल्डोले लगातार पाँच संस्करण युरोकप खेल्दै पाँचवटै संस्करणमा गोल गर्ने कीर्तिमान समेत राखेका छन् ।

रोनाल्डोले ३ गोल पेनाल्टीबाट गरेका थिए । उनल एक असिस्ट समेत गरे । पोर्चुगलले गरेको ७ गोलमध्ये ६ गोलमा रोनाल्डो सामेल थिए ।

कूल २७० मिनेट मैदानमा बिताएका रोनाल्डोले गोलका लागि ११ अटेम्पट गर्दा ६ अन टार्गेट थियो भने ५ अफ टार्गेट थियो । उनले दायाँ खुट्टाले ३ र बायँ खुट्टाले २ गोल गरे ।

युरोकपको गोल्डेन बुटमा रोनाल्डोलाई बेल्जियमका रोमेलु लुकाकु र चेक रिपब्लिकका प्याट्रिक सिकले पछ्याइ रहेका छन् । दुवैले समान ३ गोल गरेका छन् । यस्तै तीन गोल नै गरेका नेदरल्यान्ड्सका जर्जिनियो विज्नाल्डम, स्विडेनका एमिल फोसवर्गले पनि यो रेसमा छन् । यता, ३ गोल नै गरेका रोबर्ड लेवान्डोसी भने गोल्डेन बुटको रेसमा हुने छैनन्, किनभने उनको टिम समूह चरणमै रोकियो ।

यस्तै, समान २ गोल गरेका १३ खेलाडी पनि यो गोल्डेन बुटका रेसमा छन् । यसमा फ्रान्सका करिम बेन्जिमा, इटालीका सिरो इमोबाइ, लुकाटेली, नेदरल्यान्ड्सका मेम्फिस डिपे लगायत छन्।

Facebook Comments Box