रोनाल्डो टुरिनमा डेब्यू खेलमै म्यान आफ दी म्याच

यसै सिजन स्पेनिस क्लब रियल म्याड्रिड छाडेर इटालियन क्लब युभेन्टसमा आबद्ध भएका पोर्चुगिच स्टार क्रिष्टियानो रोनाल्डोले युभेन्टसको घरेलु मैदान टुरिनमा डेब्यू गरेका छन् ।

सिरी ‘ए’ अन्तर्गत लाजियोविरुद्धको खेलमा घरेलु मैदानमा डेब्यू गरेका रोनाल्डोले टुरिनमा खेलेको पहिलो खेलमै ‘म्यान आफ द म्याच’ भएका छन् । खेलमा रोनाल्डोले गोल नगरे पनि उत्कृष्ट प्रदर्शन गरेपछि युभेन्टस २–० ले विजयी भएको थियो ।

सिरी ‘ए’मा रोनाल्डोले अघिल्लो साता किएभोको घरेलु मैदानमा भएको खेलमा डेब्यू गरेका थिए । उक्त खेलमा युभेन्टस ३–२ ले विजयी भएको थियो ।

युभेन्टसलाई टुरिनमा जित दिलाउन मिरालेम पजानिक र मारियो मान्जुकीचले गोल गरे । खेलको ३०औं मिनेटमा पजानिकले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफको ७५औँ मिनेटमा मान्जुकीचले गोल गर्दै युभेन्टसलाई जित जित पक्का गरे । मान्जुकिचको गोल रोनाल्डोले असिस्ट गरेका थिए ।

रोनाल्डोले शनिबार राति भएको खेलमा लाजियोको पोस्टमा ७ प्रहार गरेका थिए, तर उनी गोल गर्न भने असफल भए । खेलको दोस्रो हाफमा रोनाल्डाको सशक्त प्रहार लाजियोका गोलरक्षक थोमस स्ट्राकोसले उत्कृष्ट बचाउ गरेका थिए ।

घरेलु मैदान एलिएन्ज स्टेडियममा रोनाल्डोको पहिलो प्रतिस्पर्धात्मक खेल हेर्न उनका समर्थक ब्यानर तथा पोस्टर लिएर उल्लेखनिय संख्यामा उपस्थित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP