न्युकासलविरुद्ध होला त रोनाल्डोको डेब्यू ?

आजबाट पुनः इंग्ल्सि प्रियिमर लिगका बाँकी खेल सुरु हुँदै छ। यो समर ट्रान्सफर विन्डोपछिको पहिलो खेल हो।

प्रिमियर लिगमा आज ७ खेल हुँदै छ । यी खेल मार्फत् धेरै नयाँ खेलाडीले नयाँ क्लबमा डेब्यू गर्दै छन्।

म्यान्चेस्टर युनाइटेडले आजै न्युकासलसँग खेल्दै छ। यही खेल मार्फत पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले युनाइटेडका लागि पुनः डेब्यू गर्न सक्ने छन् ?

एक साताअघिदेखि नै युनाइटेडमा अभ्यास गरिरहेकाले रोनाल्डोले आजै डेब्यू गर्ने सम्भवाना प्रवल छ। रोनाल्डोको डेब्यूलाई कुर्ने धेरै छन्।

युनाइटेडमा रोनाल्डो ७ नम्बरकै जर्सीमा देखिने छन्। उरुग्वेका स्ट्राइकर इडिन्सन काभानीले लगाइरहेको यो जर्सी रोनाल्डोलाई दिन प्रिमियर लिगले आफ्नो नियमले परिवर्तन गरेको थिये।

रोनाल्डो इटालियनल क्लब युभेन्टस छाड्दै युनाइटेड आएका हुन्, उनी १२ वर्षपछि युनाइटेड फर्किएका हुन् । उनले युनाइटेडसँग २ वर्षको सम्झौता गरेका छन् । उनले सन् २००३ देखि सन् २००९ सम्म युनाइटेडमा खेलेका थिए।

Facebook Comments Box