रोनाल्डो बने युभेन्ट्सको सिजनका उत्कृष्ट खेलाडी

पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो युभेन्ट्सको सिजनको उत्कृष्ट खेलाडी घोषित भएका छन्। यो सिजन युभन्ट्स सिरि ए उपाधि रक्षा गर्न असफल भएपनि रोनाल्डोले भने उत्कृष्ट प्रदर्शन गरेका थिए ।

सिरि एमा ३३ खेलमा २९ गोल गर्दै गोल्डेन बुटसमेत जितेका रोनाल्डोले यो सिजन सबै प्रतियोगतामा ४४ खेल खेल्दै ३६ गोल गरेका छन्। उनले यो सिजन युभेन्ट्सकालािग कोपा इटालिया उपाधि जितेका छन् ।

रोनाल्डो युरोपका शीर्ष तीन लिगबाट गोल्डेन बुट जित्ने पहिलो खेलाडी बनेका छन् । यसअघि उनले म्यान्चेस्टर युनाइटेडबाट प्रिमियर लिगमा र रियल मड्रिडबाट ला लिगामा गोल्डेन बुट जितेका थिए।

रोनाल्डोले यसै सिजन युरोपको शीर्ष तीन लिग र लिग कपको उपाधि जित्ने कीर्तिमान पनि बनाएका थिए भने उनले युरोपका तीन फरक क्लब र राष्ट्रका लागि १०० गोल पूरा गर्ने कीर्तिमान पनि आफ्नो नाममा लेखाएका थिए ।

Facebook Comments Box