एट्लेटिकोलाई हराए खेलाडीलाई १ लाख ५० हजार युरो दिने भालाडोलिडका मालिक रोनाल्डोको घोषणा

ला लिगामा रेलिगेसनबाट बच्न संघर्षरत क्लब रियल भालाडोलिडका मालिक तथा ब्राजिलियन पूर्वस्टार स्ट्राइकर रोनाल्डो नजारियोले लिगको अन्तिम खेलमा एट्लेटिको मड्रिडविरुद्ध जित निकाले टिमका खेलडाीलाई नगद पुरस्कार दिने घोषणा गरेका छन् ।

रोनाल्डोले शुक्रबार क्लबका रेलिगेसनबाट बचाउन खेलाडीलाई थप हैसला दिन शनिबार हुने एट्लेटिकोविरुद्धको खेलमा जित निकाले जनही १ लाख ५० हजरा यरो दिने घोषणा गरेका हुन्।

भालाडोलिडले शनिबार राति सवा ९ बजे घरेलु मैदानमा एट्लेटिको मड्रिडसँग खेल्दै छ। यो खेलमा एट्लेटिकोलाई पराजित गर्न सके भालाडोलिडको रेलिगेसन बच्ने सम्भावना छ ।

लिगको १ खेल बाँकी रहँदा ला लिगाको उपाधि होड र रेलिगेशन बच्ने संघर्ष रोमाञ्चक अवस्थामा छ। भालाडोलिड ३१ अंकका साथ लिगको १९ औं स्थानमा छ। १७औं र १८औं स्थानम रहेका हुएस्का र इल्चेका समान ३३ अंक छ भने पुछारमा रहेको इबारको ३० अंक छ।

अन्तिम खेलमा हुएस्का र इल्चेले बलिया टिमसँग खेल्नुपर्ने भएकाले जितले भालाडोलिड रेलिगेशन बच्न सक्ने छ। त्यसैले खेलाडीको मनोबल बढाउन रोनाल्डोले यस्तो घोषणा गरेका हुन्। अन्तिम खेलमा हुएस्काले भ्यालेन्यिासको सामाना गर्ने छ भने इल्चेले एथ्लेटिको बिल्बाओको सामाना गर्ने छ। यी दुई मध्ये एक टिम पराजित भए र भालाडोलिड विजयी भए उ रेगिलेसनबाट बच्ने छ।

भालाडोलिड विजयी भएको अवस्था उपाधि होडमा रियल मड्रिडलाई फाइदान हुने छ। उसले भिल्लारियलविरुद्ध जित निकाले रियल च्याम्पियन बन्ने छ। यदि भालाडोलिडले बराबरी खेलेको अवस्थामा रियल विजयी भए रियल च्याम्पियन बन्ने छ भने भालाडोलिड रेलिगेसनमा पर्ने छ।

यसैले रोनाल्डोको यो घोषणा रियलका समर्थकमा केही खुसी छाएको छ। रोनाल्डो रियलकै पूर्वखेलाडी पनि हुन्।

Facebook Comments Box