चम्किए रोनाल्डो, शीर्ष स्थानमा युभेन्ट्सलाई ७ अंकको अग्रता

स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट प्रर्दश गरेपछि इटालियन सिरि एमा युभेन्ट्सले सानदार जित हात पारेको छ । शुक्रबार राति घरेलु मैदानमा युभेन्ट्सले लेइसलाई ४–०ले हरायो ।

युभन्ट्सको जितमा रोनाल्डो नायक रहे । उनले १ गोलका गर्नुका साथै २ गोलका लागि पास उपलब्ध गराए । यस्तै, अन्य गोल पाउलो डिबाला, गोन्जालो हिगुएन र म्याथुस डि लिटले गरे ।

यी दुईबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । लेइस पहिलो हाफैमा १० खेलाडीमा सीमित बनेको थियो । बेन्टान्कुरलाई खराब ट्याकल गरेपछि ३५औं मिनेटमा डिफेन्टर फावियो लुकिओनीले सिधै रातोकार्ड पाएका थिए ।

पहिलो हाफमा फिक्का देखिएको युभेन्ट्सले दोस्रोमा प्रभावशाली प्रदर्शन ग¥यो । स्ट्राइकर डग्लस कोस्टा मैदान छिरेपछि युभेन्ट्सको खेल परिवर्तत भयो । ५३औं मिनेटमा रोनाल्डोको पासमा डिबालाले उत्कृष्ट गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए ।

६२औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाए । रोनाल्डोलाई नै डिबक्समा लडाएपछि युभेन्ट्ुसले पेनाल्टी पाएको थियो । यो रोनाल्डोको जारी सिरिनको सिरि एको २३औं गोल हो । त्यसपछि हिगुएन र आरोन राम्सी मैदान प्रवेश गरेपछि युभेन्टस लेइसको पोस्टमा निरन्तर आक्रमण ग¥यो ।

हिगुएनले ८३ औं मिनेटमा रोनाल्डोकै ब्याकहिल पासमा गोल गर्दै युभेन्ट्सलाई ३–० को अग्रता दिलाए । त्यसको दुई मिनेटपछि नै डि लिटले डग्लस कोस्टाको पासमा हेटिङमार्फत गोल गदैृ युभेन्ट्सलाई सहज जित दिलाए ।

जितसँगै युभेन्ट्सले शीर्ष स्थानमा ७ अंकको अग्रता बनाउँदै उपधि होड बलियो बनायो । युभेन्ट्सको ६९ अंक छ भने दोस्रो स्थानको लाजियोको ६२ अंक छ । उसले एक खेल कम खेलेको छ । आज राति हुने खेलमा लाजियोले फ्लोन्टिनालाई पराजित गरेपनि युभेन्ट्सले स्पष्ट ४ अंकका अग्रता बनाउने छ । लिसी २५ अंक सहित रेलिगेशन जोनमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.