रोनाल्डो भन्छन्, युभेन्टसका लागि ५० गोल गर्दा गर्व महसुस भएको छ

पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले इटालियन क्लब युभेन्टसका लागि ५० गोल पुरा गरेका छन् । आइतबार राति भएको खेलमा फियोरेन्टिनाविरुद्ध २ गोल गर्दै रोनाल्डोले युभेन्टसको जर्सीमा ५० गोल पुरा गरेका हुन् ।

इटालीमा ५० गोल पुरा गरेपछि रोनाल्डोले यो उपलब्धी हाँसिल गर्न पाउँदा खसी भएको बएका छन् । ‘हामीले पुनः जित निकालेका निकालेका छौं । एलिनाज स्टेडियममा गोल गर्दा खुसी छु,’ रोनाल्डोले भने, ‘बिआनकोनेरी जर्सीमा ५० गोलको लक्ष्य पार गर्दा आफैंमा गर्व महसुस भएको छ ।’

रोनाल्डोले फियोरेन्टिनाविरुद्ध ४०औं र ८०औं मिनेटमा गोल गर्दै ५० गोल पुरा गरेका थिए । दुवै गोल उनले पेनाल्टीमा गरेका थिए ।

रोनाल्डोलेअहिले उत्कृष्ट फर्ममा छन् । र, रोनाल्डोले सन् २०२० मा मात्र इटानलियन क्लब युभेन्टसका लागि ५ खेलमा ११ गोल गर्दै आफू फर्ममा आएको संकेत गरेका छन् । यो सिजन उनले सबै प्रतियोगितामा गरी २२ गोल गरेका छन् भने सिरि एमा १८ गोल गरेका छन् ।

सन् २०१८ मा स्पेनिस जाइन्ट रियल मड्रिडबाट युभेन्टस आएका रोनाल्डोले फियोरेन्टिनाविरुद्ध गोल गर्दै १५ वर्ष पुरानो रकर्ड बराबरी गरेका छन् । इटलियन सिरी एमा लागतार ९ खेलमा गोल गर्दै रोनाल्डोले १५ वर्ष पुरानो डेविड ट्रेजेगुएटको कीर्तिमान बराबरी गरेका हुन् । टे«जेगुएटले सन् २००५मा युभेन्टसका लागि लगातार ९ खेलमा गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *