रोनाल्डोको गोल, युभेन्टस अझै अपराजित

स्पालविरुद्धको खेलमा २–० को जित निकाल्दै युभेन्टसले सिरि–’ए’मा आफ्नो अपराजित यात्रा कायम राखेको छ । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र मारियो मान्जुकिचले गोल गरेका थिए ।

पोर्चुगिच स्टार स्ट्राइकर रोनाल्डोले २८औं मिनेटमा शानदार गोल गर्दै घरेलु टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै, क्रोएसियन फरवार्ड मान्जुकिचले ६०औं मिनेटमा गोल गर्दै युभेन्टसको जित सुनिश्चित गरे ।

पहिलो हाफमा युभेन्टसले खेलमा दबदबा राखे तापनि दोस्रो हाफमा स्पालले खेलमा फर्किने धेरै प्रयास गर्‍यो । ५५% बल पोजेसन राखेको स्पालले ११ सट प्रहार गर्‍यो जसमध्ये एक सटमात्र टार्गेटमा गएको थियो । तर, ४५% बल पोजेसन राखेको युभेन्टसले १५ सट प्रहार गर्दा ७ सट टार्गेटमा गएका थिए ।

जितसँगै युभेन्टस १३ खेलमा १२ जित र १ बराबरीको नतिजा निकाल्दै ३७ अंकसहित लिगको शिर्षस्थानमा रहेको छ भने १३ खेलबाट १३ अंक बनाएको स्पाल १५औं स्थानमा छ । लिगको दोस्रो स्थानमा रहेको नापोलीभन्दा युभेन्टस ९ अंक अगाडि छ । नापोलीले एक खेल कम खेलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *