डेब्युमा रोनाल्डो चम्किँदा युनाइटेडको सहज जित

पोर्चुगिच सुपरस्टार क्रिस्टियानो रोनाल्डोले म्यान्चेस्टर युनाइटेडको दोस्रो डेब्युलाई सानदार बनाएपछि प्रिमियर लिगमा युनाइटेड विजयी भएको छ। रोनाल्डोले २ गोल गरेपछि युनाइटेडले न्युकासल युनाइटेडमाथि ४–१ जित निकाल्यो।

युनाइटेडको जितमा रोनाल्डोको अलावा ब्रुनो फर्नान्डेस र जेसे लिंगार्डले पनि गोल गरे भने न्युकासलका जाभियर मनक्युलोले गोल गरे।

पहिलो हाफको इन्जुरी सयमका रोनाल्डोले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाए। मासन ग्रीन उडले प्रहार गरेको बल न्युकासलका किपरमा डिफ्लेट भएको बलमा रोनाल्डोले गोल गरेका थिए।

५६औं मिनेटमा मानक्युलोले गोल गर्दै खेललाई बराबरीमा ल्याए। ६२औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई पुनः अग्रता दिलाए। उनले लुक शको पासमा गोल गरेका थिए।

८०औं मिनेटमा पाउल पोग्बाबो पासमा ब्रुनो फर्नान्डेसले गोला गर्दै युनाइटेडलाई ३–१को अग्रता दिलाए। इन्जुरी समयको दोस्रो मिनेटमा गोल गर्दै युनाइटेडलाई ४–१को जित दिलाए।

खेलमा युनाइटेडले ६५ प्रतिशत बल पोजेसन बनाउँदै न्युकासलको पोस्टमा २१ सट प्रहार गर्दा ७ सट फ्रेममा थियो। यता, न्युकासलले १२ सट प्रहार गरेकोमा ३ सट फ्रेममा थियो।

Facebook Comments Box