साउदीमा रोनाल्डो र मेसी आज भिड्दै, कसले जित्ला?

Read Time:1 Minute

वर्तमान फुटबलका दुई सुपरस्टार क्रिस्टिायानो रोनाल्डो र लियोनल मेसी आज राति आपसमा भिड्दै छन्। रोनाल्डो र मेसीबीचको भीडन्त आज राति १०ः४५ बजे साउदी अरेबियाको किङ फाद अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ।

जनवरीमा मात्रै व्यसायिक फुटबलका लागि साउदी पुगेका रोनाल्डोले मेसीविरुद्ध रियाद–११ को कप्तानी गर्नेछन्। फ्रेन्च क्लब पिएसजीसँगको यो खेलमा रियाद–११ मा रियादका दुई क्लब अल नासर अल हिलालको संयुक्त टिम हुनेछ।

मैत्रीपूर्ण खेलका लागि सुपरस्टार मेसी, नेमार, एम्बाप्पेसहितको पिएसजीको टिम बुधबार नै रियाद पुगिसेको छ। यो खेल रोनाल्डोको साउदीमा डेब्यू खेल पनि हुनेछ।

सन् २०२० पछि रोनाल्डो र मेसी आमनेसामने हुन लागेका हुन्। सन् २०२०मा च्याम्पियन्स लिगमा रोनाल्डोले इटालियन क्लब युभेन्ट्स र मेसी स्पेनिस क्लब बार्सिालोनाबाट खेलेका थिए। रोनाल्डोले २ गोल गरेको खेल युभेन्ट्सले ३–०ले जितेको थियो।

साउदीमा रोनाल्डोले डेब्यूमै मेसीविरुद्ध खेल्ने

पिएसजीविरुद्ध रोनाल्डोले कप्तानी गर्ने

Happy
Happy
75 %
Sad
Sad
0 %
Excited
Excited
25 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post सन्दीपले स्कटल्यान्ड र नामिबियाविरूद्धकाे सिरिज खेल्ने !
Next post क्यानले लियो ५ जनासँग अन्तर्वार्ता, को बन्ला प्रशिक्षक ?
Close