रोनाल्डोले जिते युरोकपको गोल्डेन बुट

पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले १६औं संस्करणको युरोकपको गोल्डेन बुट जितेका छन्। प्रतियोगितमा ५ गोल गर्दै रोनाल्डोले युरोकपको गोल्डेन बुट जितेका हुन् ।

आइतबार राति भएको फाइनलमा गोल्डेन बुटको रेसमा रहेका इंग्ल्यान्ड कप्तान ह्यारी केन गोल गर्न असफल भएपछि रोनाल्डो पहिलो पटक ठूला प्रतियोगिताको गोल्डेन बुट जिते । रोनाल्डोले ३६० मिनेट मैदान बिताउँदा ५ गोल र १ अस्सिट गरेका थिए।

गोल्डेन बुटका रेसमा चेक रिपब्लिकका प्याट्रिक सिकले दोस्रो स्थानमा रहे । उनले ५ खेलमा ५ गोल गरेका थिए । तर, कम खेलमा ५ गोल गरेका आधारमा रोनाल्डोले गोल्डेनबुट जिते। यस्तै, करिम बेन्जिमा, ह्यारी केन, रोमेलु लुकाकु, इमिल फोर्सबर्गले समान ४ गोल गरे थिए।

रोनाल्डो सर्वाधिक गोलकर्ता बने पनि उनको टिम अन्तिम १६बाटै बाहिरिएको थियो । अन्तिम १६मा पोर्चुगल बेल्जियमसँग १–०ले पारजित भएको थियो । रोनाल्डोले पाँचै गोल समूह चरणमा गरेका थिए । उनले हंगेरी र फ्रान्सविरुद्ध समान २ गोल गरेका थिए भने जर्मनीविरुद्ध एक गोल गरेका थिए ।

Facebook Comments Box