सिटीका डिफेन्डर डियासले जिते ‘प्लेयर अफ दी सेसन’ अवार्ड

म्यान्चेस्टर सिटीका पोर्चुगित डिफेन्डर रुबेन डियास इंग्लिस प्रिमियर लिगको सर्वोत्कृष्ट खेलाडी बनेका छन्। यो सिजन सिटीलाई लिग च्याम्पियन बनाउन उत्कृष्ट भूमिका खेलेका डियासले सिजनको उत्कृष्ट खेलाडी बन्दै प्लेयर अफ दी सेसन अवार्ड जिते।

गत सेप्टेम्बरम मात्र सिटी आएका डियासले प्रिमियर लिगका कप्तान र म्यानेजरको भोटिङका आधारमा प्लेयर अफ दी इयर अवार्ड जितेका हुन्। सिजनको उत्कृष्ट खेलाडी बन्ने क्रममा डियासले आफ्नै टिममेट केभिन डे ब्रुयन, फिल फोडेन तथा इल्के गुन्डोगान, टोटनह्यामका ह्यारी केन, म्यान्चेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेस, लिभरपुलका मोहम्मद सलाहा, चेल्सीका मासन माउन्ट, एस्टन भिल्लाका ज्याक ग्रेलिस र वेस्टह्यामका टोमस सउचेकलाई पछि पारे।

२४ वर्षीय डियास गत सेप्टेम्बरमा ६५ मिलियन यरोपमा पोर्चुगिज क्लब बेन्फिकाबाट सिटी आएका हुन् । उनले यो सिजन ३२ लिग म्याच खेल्दै १५ क्लिन सिट राखेका थिए । यो सिजन सिटले ३२ गोल मात्र खाएको थियो।

यो सिजन उनले सर्वाधिक २२ सट क्लब गरेका थिए भने सर्वाधिक ८८ क्लियरेन्स गरेका थिए । प्रिमियर लिगमा ६१ एयरबल जितेका उनले २४३८ पास खेलेका थिए ।

प्रिमियर लिगको ‘प्लेयर अफ दी इयर’ अवार्ड जित्ने डियास पाँचौं डिफेन्डर बनेका छन् । डियासले यस घि फुटबल राइरटर्स एसोसिएसनले प्रदान गर्ने ‘फुटबलर अफ दि इयर’ अवार्ड पाएका थिए।

यस्तै सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले ‘म्यानेजर अफ दी सेसन’ अवार्ड जितेका छन् । यसक्रममा उनले लिड्स युनाइटेडका मार्सेलो बिएल्सा, लेस्टर सिटीका ब्रेन्डन रोजर्स, वेस्टह्यामका डेविड मोयस र म्यान्चेस्टर युनायटेडका ओले गनर सोल्सायलाई पछि पारे।

Facebook Comments Box