महिला विश्वकप उपाधि विजेता खेलाडीलाई पुरस्कार वितरण समारोहमै चुम्बन गरेका स्पेनिस फुटबल संघका अध्यक्ष निमलम्बनमा परेका छन्।
स्पेनिस स्ट्राइकर जेनी हर्मोसोलाई स्टेजमै चुम्बन गरेका स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसलाई फिफाले सुरुमा ९० दिनका लागि निलम्बन गरेको हो।
फिफाले रुबियालेसलाई फुटबलसँग सम्बन्धित सबै गतिविधिहरूमा अस्थायी प्रतिबन्ध पनि लगाएको छ।
हर्मोसो, सहकर्मी र स्पेन सरकारले कडा आलोचना गरेपछि रुबियालेसलाई फिफाले निलम्बन गरेको हो ।
हर्मोसोले चुम्बन अवाञ्छित भएको र रुबियालेस अध्यक्ष रहँदासम्म खेल्न अस्वीकार गरेको बताउँदै आएकी थिइन । तर, रुबियालेसले चुम्बन सहमतिमा भएको दाबी गर्दै आएका छन्।
फिफाले हर्मोसोलाई सम्पर्क गर्न रुबियलेस र स्पेनिस फुटबल महासंघलाई प्रतिबन्ध लगाएको छ।