वुल्भ्स छाडेर रोमा पुगे प्याट्रिसियो

पोर्चुगिज गोलकिपर रुइ प्याट्रिसियो इटालियन क्लब रोमा पुगेका छन्। दुई सिजन वुल्भ्समा बिताएका प्याट्रिसियोले मंगलबार रोमासँग सम्झौता गरेका छन्।

प्याट्रिसियोलाई रोमाले ११.५ मिलियन युरोमा भित्र्याएको छ। उलने रोमासँग ३ वर्षको सम्झौता गरेका छन् । अब उनी सन् २०२४सम्म रोमामा रहने छन्।

प्रतिक्षक जोजे माउरिन्होले पहिलो अनुबन्धनका रुपमा ३३ वर्षीय प्याट्रिसियोलाई अनुबन्धन गरेका हुन्।

प्याट्रिसियोले उल्भ्सका लागि १ सय ३५ खेल खेलेका थिए । उनी सन् २०१८मा स्पोर्टिङ सिपीबाट वुल्भ्स आएका थिए।

पोर्चुगलको लागि उनले ९७ खेल खेलेका छन् । सन् २०१६मा युरोकप जिताउन उनको भूमिका महत्वपूर्ण थियो।

Facebook Comments Box