युरोकपमा ९ वर्षपछि रुस विजयी

युरोकपमा रुसले ९ वर्षपछि जित हात पारेको छ। बुधबार सेन्ट पिटर्सवर्गमा भएको समूह ‘बी’को खेलमा रुसले फिनल्यान्डलाई १–० गोलले पराजित गरेको हो।

रुसलाई जित दिलाउने क्रममा एलेक्सेइ मिरान्चुकले गरेको निर्णायक गोल गरे। उनले पहिलो हाफको इन्जुरी टाइममा गो गर्दै रुसलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफमा रुसले अग्रता दोब्बर पार्ने केही अवसर सृजना गरेपनि सदुपयोग गर्न भने सकेन। रुसका लागि जेमालेटदिनोभ र कुज्यभले प्राप्त अवसर खेर फालेका थिए।

यसअघि रुसले २०१२ को युरोकपको पहिलो खेलमा जित हात पारेको थियो। त्यसयता २ बराबरी र ४ हारको नतिजा निकालेको रुसले अर्को जितका लागि ९ वर्ष कुर्नु परेको हाे।

फिनल्यान्डको भने यो युरोकपमा पहिलो हार हो। नवप्रवेशी फिनल्यान्डले आफ्नो पहिलो खेलमा डेनमार्कलाई १–० ले पराजित गरेको थियो। रसिया भने आफ्नो पहिलो खेलमा बेल्जियमसँग ३–० ले पराजित भएको थियो।

यस्तै, समूह चरणकै अन्य खेलमा राती ९ः४५ बजे टर्की र वेल्सबीच आजरबैजानको बाकुमा प्रतिस्पर्धा हुँदैछ। पहिलो खेलमा टर्की इटालिसँग पराजित हुँदा वेल्सले भने स्विट्जरल्यान्डसँग बराबरी खेलेको थियो।

समूह ‘ए’कै अर्को खेलमा राति १२ः४५ बजे इटाली र स्विट्जरल्यान्डबीच इटालीको रोममा खेल हुनेछ। पहिलो खेलमा जित निकालेको इटाली दोस्रो जितसँगै अन्तिम १६ को सम्भावना बलियो बनाउने दाउमा छ। पहिलो खेलमा अंक बाँडेको स्विटरल्यान्डका लागि अन्तिम १६ को सम्भावना कायम राख्न इटालीविरुद्धको खेल महत्वपूर्ण हुनेछ।

Facebook Comments Box