सावित्रालाई ओजिलको उपहार

जर्मनीका पूर्व राष्ट्रिय खेलाडी तथा इंग्लिस क्लब आर्सनलका स्टार खेलाडी मेसुट ओजिलले नेपाली राष्ट्रिय महिला टिमकी स्ट्राइकर सावित्रा भण्डारीलाई उपहार पठाएका छन् । इन्डियन वुमन लिग खेलिरहेका सावित्रालाई ओजिलले आफ्नो हस्ताक्षर भएको आर्सलनको जर्सी उपहार पठाएका हुन् ।

गोकुलम केरला एफसीबाट इन्डियन वुमन लिग खेलिरहेकी सावित्रालाई ओजिलका एजेन्ट इकुट सोगुटले बिहीबार जर्सी हस्तान्तरण गरे । सावित्राले भारतमा उत्कृष्ट प्रदर्शन गरिरहेकी छिन् ।

सावित्राले जारी लिगमा ५ खेलमा २ ह्याट्रिकसहित १६ गोल गरेकी छिन् । उनको उत्कृष्ट प्रदर्शनसँगै अपराजित गोकुलम सेमिफाइलन पुगेको छ । सावित्राले लिगअघिको प्लेअफ खेलमा पनि ३ गोल गरेकी थिइन् । सावित्रा लिगको टप स्कोरर हुन् ।

सावित्राले अघिल्लो सिजन पनि इन्डियन वुमन लिगमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । अघिल्लो सिजन सेथु एफसीबाट खेलेकी उनले टिमलाई च्याम्पियन बनाउने क्रममा ३ ह्याट्रिकसहित १५ गोल गरेकी थिइन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.