सावित्रा र अनिताले भातरतीय लिग खेल्ने

नेपाली राष्ट्रिय महिला फुटबल टिमका स्ट्राइकरद्वय सावित्रा भण्डारी ‘सम्बा’ र अनिता बस्नेतले पुनः भारतीय महिला फुटबल (आई) लिग खेल्ने भएका छन् । सावित्रा र अनिता दुवैले लगातार दोस्रो सिजन भारतीय लिग खेल्न लागेका हुन् ।

अघिल्लो सिजन दुवैले सेथु एफसीबाट खेल्दै क्लबलाई च्याम्पियन बनाएका थिए । तर, यसपटक भने सावित्रा र अनिता फरक–फरक टिमबाट खेल्ने भएका छन् । आई लिगमा यसपटक सावित्राले गोकुलम केरला एफसीलाई रोजेकी छिन् भने अनिता सुथुबाटै खेल्ने छिन् ।

अघिल्लो सिजन सेथुलाई च्याम्पियन बनाउने क्रममा सावित्राले ३ ह्याट्रिकसहित १५ गोल गरेकी थिइन् । फाइनलमा सावित्राले नै २ गोल गरेपछि मनिपुर पुलिसलाई ३–१ले हराउँदै सेथु च्याम्पियन बनेको थियो । उनी प्लेयर अफ दी फाइनल पनि भएकी थिइन् ।

यस पटक पनि सावित्राले सुरुवातमा गोकुलमबाट खेल्ने लगभग पक्का जस्तै भएको थियो । तर, उनले अन्तिम समय सेथुलाई रोजेकी थिइन् । लिगका लागि मंबालबार भारत जानुअघि सावित्राले उत्कृष्ट खेल्दै गोकुलमलाई च्याम्पियन बनाउने आफ्ने लक्ष्य रहेको बताएकी छिन् । उनले भनिन्, ‘अघिल्लो सिजन सेथुलाई च्याम्पियन बनाइयो, यसपटक नयाँ क्लबलाई च्याम्पियन बनाउने जिम्मेवारी छ । आफ्नो तर्फबाट शतप्रतिशत मेहनत गर्दै टिमलाई जिताउन प्रयास गर्ने छु ।’

तर, सावित्राको टिम गोकुलम भने आई लिगमा छनोट भइसहेको छैन । उसले अहिले छनोट चरण नै खेलिरहेको छ । छनोट चरणमा अलखपुर फुटबल क्लबविरुद्ध जित निकालेको अवस्थामा मात्र गोकुलम शुक्रबारबाट सुरु हुने लिगका लागि छनोट हुनेछ । छनोटको पहिलो लेगमा १–०को जित निकालेकाले गोकुलम केही सहज अवस्थमा भने देखिएको छ । दोस्रो खेल बुधबार हुने छ ।

आई लिगमा १२ टिम सहभागी छन् । जसलाई २ समूहमा विभाजन गरिएको छ । दुवै समूहका शीर्ष दुई टिम सेमिफाइलन पुग्ने छन् । समूह एमा सेथु एफसी, बरोडा फुटबल एकेडेमी, बीबीके देव फुटबल क्लब, कोल्हापुर सिटी, कङ्चुप रोड, किकस्टार्ट एफसी कर्नाटक छन् भने समूह बीमा बैंग्लोर युनाइटेड फुटबल क्लब, विदेश–११ स्पोट्र्स क्लब, केन्क्रे एफसी, उडिसा पुलिस, श्री भूमी फुटबल क्लब र गोकुलम र अलखपुरमध्ये एक हुने छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.