
आईलिग खेल्न साम्बा, एन्जिला र गीता भारत लागे
Read Time:1 Minute
नेपाली राष्ट्रिय महिला फुटबल टिमका तीन खेलाडी भारत प्रस्थान गरेका छन्। नेपाली महिला टिमकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा, स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) र डिफेन्डर गीता राना आई लिग खेल्ने शुक्रबार भारत प्रस्थान गरेका हुन्।
सावित्रा तेस्रो पटक आई लिग खेल्न लागेकी हुन् भने एन्जिला र गीत पहिलो पटक आई लिगमा आबद्ध भएका हुन्।

सावित्रा गोकुलम केराल एफसीबाट आई लिग खेल्ने छिन् भने एन्जिला र गीता सेथु एफसीमा आबद्ध छन्।
सावित्राले यसअघि गोकुलम र सेथुबाट आई लिग खेल्दै दुवै टिमलाई च्याम्पियन बनाइएकी थिइन्। दुवै पटक उनी सर्वाधिक गोलकर्ता बनेकी थिइन्।