क्लब फुटबलफुटबल

सावित्राले रानानालाई हारबाट जोगाइन्

नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारीको निर्णायक गोल मद्दतमा उनको टिम हापोएल रानाना हारबाट जोगिएको छ।

इजरायली शीर्ष डिभिजनका महिला लिग अन्तर्गत शुक्रबार बिहान भएको खेलमा सावित्राको गोल मद्दतमा रानानाले हापोएल पेटा टिक्भासँग १–१गोलको बराबरी खेलेको हो।

खेलमा सुरुआती अग्रता रानानाले लिएको थियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सावित्राले खेलको ६० औं मिनेटमा गोल गर्दै हापोएल रानानालाई अग्रता दिलाइन् ।

उक्त अग्रता लामो समय टिकेन। लि फाल्कनले पेटा टिक्भाका लागि ६५ मिनेटमा बराबर गोल फर्काइन्। ८१औं मिनेटमा रानानाकी गोलकिपरले पेनाल्टी टिमलाई हारबाट जोगाइन्।

लिगमा रानाना अपराजित छ। उसले पहिलो खेल जितेको थियो ।