सावित्राको घुँडाको शल्यक्रिया सफल

नेपाली महिला राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी घुँडाको शल्यक्रिया सफल भएको छ। बिहीबार कतारको दोहास्थित अस्पेटार अस्पतालमा सावित्राको घुँडाको शल्यक्रिया गरिएको हो।

राष्ट्रिय महिला लिगका क्रममा घाइते भएकी सावित्रा घुँडाको शल्यक्रिया गर्न जुन २८मा कतार गएकी हुन्। सावित्राको उपचारमा एन्फाले सहयोग गरेको हो।

यसअघि सोही अस्पतालमा नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर विमल घर्तिमगर र मडिफिल्डर विक्रम लामाको घुँडाको शल्यक्रिया गरिएको थियो।

गत फेब्रुअरीमा महिला राष्ट्रिय लिगअन्तर्गत नेपाल पुलिसविरुद्धको खेलमा पुलिस गोलकिपर उषा नाथसँग ठोकिँदा उनी घाइते भएकी थिइन् । एमआरआई रिपोर्टमा उनको दायाँ घुँडाको लिगामेन्ट च्यातिएको देखिएको थियो। जसका कारण उनको शल्यक्रिया गर्नु पर्ने भनिएको थियो।

सावित्राका एन्फाको सहयोगमा उपचारका लागि कतार जान लागेकी हुन् । यसअघि एन्फाकै सहयोगमा कतारमै विमल घर्तिमगर र विक्रम लामाको पनि घुँडासको शल्यक्रिया गरिएको थियो।

नेपाली राष्ट्रिय टिमबाट ३८ गोल गरेकी सावित्रा राष्ट्रिय टिमकी सर्वाधिक गोलकर्ता हुन् ।

Facebook Comments Box