सावित्राको ह्याट्रिकमा पहिलो हाफमै किर्गिस्तानविरुद्ध नेपालको ६–२को अग्रता

किर्गिस्थानमा जारी नादेइदा कप फुटबल प्रतियोगितामा नेपाली महिला टिमले घरेलु टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको छ । जारी खेलमा नेपालले पहिलो हाफमै किर्गिस्तानविरुद्ध ६–२को अग्रता बनाएको छ ।

नेपाल उत्कृष्ट प्रदर्शनमा स्टार स्ट्राइक सावित्रा भण्डारीको योगदान उल्लेख्य छ । सावित्राले पहिलो हाफ नसकिँदै ह्याट्रिक गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाइन् ।

सावित्राले खेल तेस्रो मिनेटमै गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् । उनले १५औं मिनेटमा गोल गर्दै टिमको अग्रता दोब्बर पारिन् भने आफ्नो गोल पनि २ पु¥याइन् । त्यसलगत्तै २ मिनेटमा २ गोल गर्दै किर्गिस्तानले खेलाई बराबरीमा ल्यायो ।

तर, २५औं मिनेटमा दिपा राईले पुनः नेपाललाई अग्रता दिलाइन् । ३०औं मिनेटमा सावित्रा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरिन् भने टिमलाई ४–२को अग्रता दिलाइन् । त्यसपछि निरु थापा र अनिता बस्नेतले गोल गरेपछि नेपालले किर्गिस्तानविरुद्ध पहिलो हाफमा ६–२ को अग्रता कायम गरेको छ ।

प्रतियोगितामा नेपाल, किर्गिस्तान, ताजकिस्तान र उज्बेकिस्तान गरी ४ टिम सहभागी छन् । नेपालले आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)को तयारी स्वरुप नादेइदा कप खेलेको हो ।

नेपालले भदौ २३ गते उज्वेकिस्तानसँग खेल्ने छ भने भदौ २४ गते ताजकिस्तानसँग खेल्ने छ । लिगका शीर्ष २ टिम उपाधिका २६ गते आपसमा भिड्ने छन् भने अन्य २ टिममले सोही दिन तेस्रो स्थानका लागि खेल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP