लेइपजिगलाई हराउँदै लिभरपुल अन्तिम ८मा

घरेलु फुटबलमा निरन्तर खराब प्रदर्शन गरिरहेको इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको अन्तिम ८मा प्रवेश गरेको छ। जर्मन क्लब आरबी लाइपजिगलाई अन्तिम १६ मा लिभरपुलले समग्रमा ४–० ले हराउँदै लिभरपुल क्वाटरफाइनलमा पुगेको हो।

लेइपजिगमाथि लिभरपुले दुवै लेगमा समान २–०को जित निकाल्यो । बुधबार राति भएको दोस्रो लेगमा लिभरपुलले लाइपजिगलाई २–० ले हराउन सफल भयो। लिभरपुलका मोहम्मद सलाह र साडियो मानेले गोल गरे। यसअघि भएको पहिलो लेगमा पनि सलाह र मानेले नै गोल गरेका थिए।

खेलको पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको लिभरपुलले दोस्रो हाफमा दुबै गोल गरेको हो। दोस्रो हाफमा ४ मिनेट अन्तरमा दुई गोल गर्दै विजयी विजयी भयो। ७०औं मिनेटमा सलाहले र ७४औं मिनेटमा मानेले गोल गरेपछि लिरभपुल २–० ले विजयी भयो।

हंगेरीको बुडास्पेटस्थति पुस्कास ऐरिनामा भएको खेलमा दबाब भने लेइपजिगले बनाएको थियो । उसले ६० प्रतिशत बल पोजेसन बनाउँदै लिभरपुलको पोस्टमा ११ सट प्रहार गरेको थियो, जसमध्ये २ सट मात्र फ्रेममा थियो । यता, लिभरपुलले १२ सट प्रहार गर्दा ७ सट फ्रेममा थियो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.