कोरोनाका कारण सर्‍यो साफ च्याम्पियनसिप

१३औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता १ वर्षपछि सरेको छ । बंगलादेशमा आगामी सेप्टेम्बरका लागि तय भएको प्रतियोगिता कोरोना भाइरसको महमारीका कारण १ वर्षपछि सरेको हो।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)को सोमबार बसेको भर्चुअल बैठकले साफ च्याम्पियनसिप एक वर्ष सार्दै सन् २०२१को सेप्टेम्बरमा निर्णय गरेको हो ।

यसैगरी यू–१५ महिला र पुरुष साफ च्याम्पियनसिप, यू–१८ महिला साफ च्याम्पियन्सका विषयामा आगामी सेप्टेम्बरमा बस्ने बैठकले निर्णय गर्ने सोमबारको बैठमा सहमित भएको छ ।

बंगलादेशले लगातार दोस्रो पटक साफ च्याम्पियनसिप आयोजनाको अवसर पाएको हो । सन् २०१८ मा भएको १२औं पनि बंगालदेशले नै आयोजना गरेको थियो । सो संस्करणको उपाधि भारतले जितेको थियो । नेपाल भने सेमिफाइलनमै रोकिएको थियो ।

साफ च्याम्पियनसिपमा नेपाल अहिलेसम्म फाइलन पनि पुग्न सकेको छैन । १२मध्ये ६ संस्करणको सेमिफाइन पुगे पनि नेपाल त्यसभन्दा अघि बढ्न सकेको छैन । भारतले सर्वाधिक ७ पटक उपाधि जितेको छ । यस्तै, माल्दिभ्सले २ र बंगलादेश, श्रीलंका र अफगानिस्तानले समान १ पटक उपाधि जितेका छन् । नेपालसहित भुटान र पाकिस्तान उपाधिविहीन छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *