साफ च्याम्पिनपसिप फाइनल : दुवै टिमका प्रशिक्षक टच लाइनमा नदेखिने

साफ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारत भिड्दै छ। माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशलामा राति ८ः४५ बजे हुने फाइनलमा दुवै टिमका प्रशिक्षक टेक्निकल एरियामा देखिने छैनन्।

नेपालका अब्दुल्लाह अल्मुताइरीले फाइनलअघि नै दुई पहेँलो कार्ड भएकाले दुवै जना टेक्निकल एरियामा नदेखिने भएका हुन् भने लिग चरणको अन्तिम खेलमा भारतीय प्रशिक्षक इगोर स्टिमेकले रातो कार्ड पाएका थिए।

दुई पहेँलो कार्डका कारण अल्मुताइरी नेपालका लागि आफ्नो अन्तिम खेलमा यो अवसरबाट वञ्चित भएका हुन् । बंगलादेशविरुद्धको खेल पछि उनले फाइनल नेपालका लागि आफ्नो अन्तिम खेल हुने बताएका थिए । भारतीय प्रशिक्षक स्टिमेकले माल्दिभ्सविरुद्धको खेलमा सिधै रातो कार्ड पाएका थिए, त्यसैले उनी पनि ‘डगआउट’ मा हुने छैनन् ।

Facebook Comments Box