साफ च्याम्पियनसिपको मिति टुंगो लाग्यो, अझै टुंंगो लागेन आयोजक

दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आगामी अक्टोबरमा हुने भएको छ। दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ)ले शुक्रबार सदस्य राष्ट्रको फुटबल संघसँगको छलफलपछि साफ च्याम्पियनसिप अक्टोबरमा गर्ने सहमति गरेको।

यसअघिको बैठकले अगष्ट ३१ देखि सेप्टेम्बर ८ सम्म साफ च्याम्पियनसिपको नयाँ मिति प्रस्ताव गरेको थियो । तर पछिल्लो बैठकले भने अक्टोबरमा गर्ने सहमति गरेको हो ।

साफ च्याम्पियनसिप सेप्टेम्बर १४ देखि २४ सम्म बंगलादेशमा हुने तय भएको थियो । तर, कोरोना कहर र रंगशाला मर्तत गर्नुपर्ने भन्दै बंगलादेशले आयोजकबाट हात झिकेपछि साफ च्याम्पियनसिप अन्योलमा परेको थियो ।

साफ आयोजनाका लागि नेपालसँगै भारत र माल्दिभ्सले पनि साफ आयोजनाको लागि चासो देखाएका छन् । अगष्ट पहिलो साता आयोजकको टुङ्गो लाग्ने बताइएको छ। पुनः बंगलादेशले नै पनि साफ आयोजना गर्न सक्ने बताइएको छ।

Facebook Comments Box