साफ च्याम्पियनसिप नेपालमा लाइभ नहुने

आजबाट माल्दिभ्समा सुरु हुनै १२औं संस्करणको साफ च्याम्पियनसिप नेपालमा लाइभ नहुने भएको छ।

साफ च्याम्पियनसिपको लाइभका लागि एन्फाले न्युनमत ४० लाख मुख्य तोक्दै सूचना जारी गरेपछि कुनै पनि मिडियाले लाभइका लागि प्रस्ताव पेश नगरेपछि नेपालमा साफ च्याम्पियनसिप लाइभ नहुने भएको हो।

माल्दिभ्सको मालेमा दिउँसो ४ः४५ बजे बंगलादेश र श्रीलंकाबीचका खेलसँगै साफ च्याम्पियनसिप सुरु हुँदैछ । ५ टिम सहभागी प्रतियोगितामा नेपालले आजै राति ९ः४५ बजे आयोजक माल्दिभ्सको सामाना गर्ने छ।

नेपालले दोस्रो खेल असोज १८ गते श्रीलंकासँग खेल्ने छ। यो खेल पनि राति नै हुने छ । यस्तै, असोज २४ गते राति नेपालले भारतको सामाना गर्दा २७ गते दिउँसो बंगलादेश साग खेल्ने छ।

भुटान र पाकिस्तान सहभागी नभएपछि यो पाटक साफ च्याम्पियनसिपमा ५ टिम मात्र सहसभागी छन् । सिंगल राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि खेल्ने छन्।

Facebook Comments Box