साफ च्याम्पियनसिपको तालिका परिवर्तन, नेपालले उद्घाटन खेल नखेल्ने

प्रतियोगिता सुरु हुन २४ घण्टा पनि बाँकी नरहेको अवस्थामा साफ च्याम्पियनसिपको तालिका परिवर्तन भएको छ । शुक्रबारबाट सुरु हुने प्रतियोगिताको तालिका दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले बिहीबार तालिका परिवर्तन गरेको छ।

बिहीबार सार्वजनिक तालिकाअुनासर नेपालले साफ च्याम्पियनसिपको उद्घाटन खेल खेल्ने छैन । यसअघि नेपाल र माल्दिभ्सले उद्घाटन खेल खेल्ने तालिका थियो । अब उद्घाटन खेल श्रीलंका र बंगलादेशबीच हुनेछ।

परिवर्तित तालिकाअनुसार शुक्रबार नै हुने दोस्रो खेलमा नेपाल र माल्दिभ्स भिड्ने छन्। उद्घाटन खेल नेपाली समयअनुसार ४ः४५ मा सुरु हुने छ भने नेपाल र माल्दिभ्सबीचको खेल राति ९ः४५मा सुरु हुने् छ।

नयाँ तालिका अनुसार नेपालले समूह चरणका ४ मध्ये ३ तीन खेल राति खेल्न छ भने एक खेल दिउँसो खेल्ने छ। यस्तै, माल्दिभ्सले पनि राति ३ र दिउँसो १ खेल खेल्ने छ भने भारत, बंगलादेश र श्रीलंकाले राति र दिउँसो समान २ खेल खेल्ने छन्।

नयाँ तालिका अनुसार नेपालले दोस्रो खेल असोज १८ गते श्रीलंकासँग खेल्ने छ। यो खेल पनि राति नै हुने छ । यस्तै, असोज २४ गते राति नेपालले भारतको सामाना गर्दा २७ गते दिउँसो बंगलादेश साग खेल्ने छ।

भुटान र पाकिस्तान सहभागी नभएपछि यो पाटक साफ च्याम्पियनसिपमा ५ टिम मात्र सहसभागी छन् । सिंगल राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि खेल्ने छन्।

Facebook Comments Box