महिला साफ च्याम्पियनसिपमा नेपाल सहज समूहमा

घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिपमा नेपाल सहज समूहमा परेको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले शनिबार गरेको समूह विभाजन अनुसार नेपाल सहज समूहमा परेको हो।

समूह बीमा नेपालसँगै श्रीलंका र भुटान छन्। यस्तै, समूह एमा डिफेन्डिङ च्याम्पियन भारत, पाकिस्तान, बंगलादेश र माल्दिभ्स छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिता भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ ।

प्रतियोगिता लागि नेपाली महिला टिमले बन्द प्रशिक्षण थालिसकेको छ। बन्द प्रशिक्षणमा ५८ खेलाडी छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post यू–१७ साफ च्याम्पियनसिपमा नेपाल र भारत एउटै समूहमा
Next post को बन्ला राष्ट्रिय टिमको प्रशिक्षक ?
Close