
महिला साफ च्याम्पियनसिप आयोजना गर्न नेपाललाई प्रस्ताव
Read Time:1 मिनेट
दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले महिला साफ च्याम्पियनसिप आयोजना गर्न नेपाललाई गरेको छ। शुक्रबार बसेको साफको कंग्रेसले महिला साफ आगामी अगष्ट १२ देखि २४ सम्म नेपालमा आयोजना गर्न प्रस्ताव गरेको हो।
यसअघि नेपालले सन् २०१९ मा विराटनगरमा पाँचौं संस्करण आयोजना गरेको थियो ।
यसैगरी बैठकले २०२२ मा आयोजना हुने विभिन्न प्रतियोगिताको मिति परिमार्जन समेत गरेको छ । परिमार्जित तालिका अनुसार यू–१८ महिला साफ च्याम्पियनसिप मार्च १५ देखि २६ सम्म भारतमा हुनेछ ।
यस्तै साफ यू–२० च्याम्पियनसिप पनि भारतमै जुलाई २५ देखि अगस्ट ५ सम्म हुनेछ । साफ यू–१७ च्याम्पियनसिप श्रीलंकामा सेप्टेम्बर ५ देखि १६ सम हुनेछ । साफ यू(१५ महिला च्याम्पियनसिपको मिति भने तय हुन बाँकी रहेको छ ।