लिड्समाथि लिभरपुलको सहज जित

Read Time:1 Minute

लिभरपुलले प्रिमियर लिगमा सहज जित निलकेको छ। आएतबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको लिड्स युनाइटेडमाथि लिभरपुलले ३–० को सहज जित निकाल्यो।

एलान रोडमा भएको खेलको २०औं मिनेटमा माहृम्मद शालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए भने ५०औं मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए ।

६०औं मिनेटमा पास्कल स्ट्रजिकले रातो कार्ड पाएपछि लिड्स दश खेलाडीमा समेटिएको थियो । इन्जुरी टाइममा साडियो मानेले गोल गरेपछि लिभरपुल ३–० ले विजयी भयो ।

जितपछि लिभरपुलले शीर्ष स्थानको म्यानचेष्ट युनाइटेड र दोस्रो स्थानको चेल्सीसँग अकं बराबरी गरेको छ । तीनै टिमको समान १० अंक जोडेको छ । लिड्स समान खेलबाट २ अंकसहित १७औं स्थानमा छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post बेन्जिमाको ह्याट्रिमा बर्नाबेउमा १८ महिनापछि रियलको जित
Next post ला लिगा : एट्लेटिको मड्रिड र भ्यालेन्सियाको जित
Close