बार्सिलाेनाका पूर्वस्टार इटो बने क्यामरुन फुटबल संघको अध्यक्ष

पूर्वस्टार फुटबलर स्यामुएल इटो क्यामरुन फुटसल संघको अध्यक्ष बनेका छन्। शनिबार भएको चुनावबाट इटो क्यामरुन एफएको अध्यक्षमा निर्वाचित भएका हुन्।

४० वर्षीय इटोले अध्यक्षका प्रत्यासी सेडोउ एमबोम्बोलाई हराएका हुन्। उनको कार्यकाल ४ वर्षको हुनेछ।

क्यामरुनका अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट खेलाडी इटोले क्यामरुनबाट ११८ खेलमा ५६ गोल गरेका छन् । उनले क्यामरुनबाट ओलम्पिक स्वर्ण र अफ्रीका कप अफ नेसन्सको उपाधि जितेका छन्।

इटोले व्यवसायिक फुटबल बार्सिलोना, चेल्सी र इन्टर मिलान खलेका थिए । क्लब फुटबलमा इटोले ७१८ क्लब खेलमा ३५९ गोल र ११६ एसिस्ट गरेका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post महिला भलिबल टिमको घोषणा, कामना, शान्ति र लक्ष्मी पहिलो पटक टिममा
Next post थ्री स्टारलाई रोक्दै एपिएफले खोल्यो अंकको खाता
Close